काठमाडौं ।  रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणगढ सडक खण्ड बन्द गरिएको छ।

बुधबार रातिको समयमा दुवै राजमार्ग बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ। अर्को सूचना प्रकाशित नभएसम्मका लागि आवतजावत बन्द गरिएको हो।

ADVERTISEMENT

बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ। भोटेकोसीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ।

ADVERTISEMENT