काठमाडौं  ।  गृहमन्त्री सुधन गुरुङले रसुवा भोटेकोसीको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रसँग छलफल गरेका छन्।

उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासंघका नेतृत्वसँग छलफल गर्दै विपद्को घडीमा सरकारसँग हातेमालो गर्न आग्रह गरेका हुन्।

गृहमन्त्री गरुङले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास तथा अन्य राहत सामग्री उपलब्ध गराउन निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरे।

ADVERTISEMENT

उनले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व भएको उल्लेख गर्दै रसुवाका प्रभावित परिवारलाई छिटोभन्दा छिटो सहयोग पुर्‍याउन सबै पक्ष एकजुट हुनुपर्ने बताए।

ADVERTISEMENT