काठमाडौँ । विगत केही दिनदेखि नेपाली बजारमा उतारचढाव भएको सुनको मूल्य बुधबार स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

ADVERTISEMENT

बुधबार एक तोला चाँदी पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको चाँदी पाँच हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।