महोत्तरी। महोत्तरीमा डाका समूहले गोली चलाएर लुटपाट गरेको छ। सोनमा गाउँपालिका–३ स्थित खखना दक्षिणबारी टोलमा चोरी गर्न आएको डाका समूहले स्थानीय एक घरमा आक्रमण गरी धनमाल लुटेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डाका समूहले ईश्वरनारायण यादवको घरमा प्रवेश गरी लुटपाट गर्ने क्रममा गोली चलाएको थियो।
घटनाको प्रतिवाद गर्ने क्रममा ३० वर्षीय ईश्वरनारायण यादव र उनकी २२ वर्षीया पत्नी किरण यादव घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार किरण यादवको घुँडामा तथा ईश्वरनारायण यादवको काँध नजिक गोली लागेको छ। दुवैजनाको हाल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।
प्रहरीले दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार राति करिब १:४५ बजे सातदेखि आठ जनाको समू
हमा आएका डाकाहरूले घरमा प्रवेश गरी लुटपाट गरेका थिए।
घटनापछि डाका समूह नगद तथा अन्य धनमाल लिएर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान तीव्र रूपमा अघि बढाएको जनाएको छ।








