काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल, मसला तथा अन्य कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यसूचीअनुसार बजारमा केही तरकारी तथा फलफूलको मूल्यमा उतारचढाव देखिएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो ५० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ, मटरकोसा ५५ रुपैयाँ तथा घिउ सिमी (लोकल) ७० रुपैयाँ कायम गरिएको छ । घिउ सिमी (हाइब्रिड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटेसिमी १४० रुपैयाँ तथा भटमास कोसा १३० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

तीते करेला प्रतिकिलो ५० रुपैयाँ, लौका ५५ रुपैयाँ, परवर (लोकल) ७० रुपैयाँ, घिरौँला ५० रुपैयाँ, झिगुनी ६० रुपैयाँ तथा पाकेको फर्सी ६० रुपैयाँ तोकिएको छ । हरियो फर्सी (लाम्चो) ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ र पिँडालु ४० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ ।

ADVERTISEMENT

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो ७० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ तथा हरियो प्याज १२० रुपैयाँमा बिक्री भइरहेको छ । च्याउतर्फ कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ तथा सिताके च्याउ सबैभन्दा महँगो १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।त्यसैगरी कुरिलो ३३० रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, सेलरी १४० रुपैयाँ, पार्सले २२० रुपैयाँ तथा पुदिना १५० रुपैयाँ प्रतिकिलो तोकिएको छ । गुन्द्रुक ३०० रुपैयाँ, तोफु १५० रुपैयाँ र तामा १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ तथा अनार ४५० रुपैयाँ कायम गरिएको छ । तरबुजा ४० रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ तथा काँक्रो (लोकलक्रस) ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) १०० रुपैयाँ, लिची (लोकल) २५० रुपैयाँ र लिची (भारतीय) २८० रुपैयाँ निर्धारण गरिएको छ । नरिवल (काँचो) ८० रुपैयाँ तथा हरियो नरिवल १८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

ADVERTISEMENT

मसलातर्फ अदुवा प्रतिकिलो १४० रुपैयाँ, सुकेको खुर्सानी ५२० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो) ७० रुपैयाँ तथा बुलेट खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ । माछे खुर्सानी र भेडेखुर्सानी दुवै ४० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, सुकेको चाइनिज लसुन १८० रुपैयाँ तथा नेपाली लसुन १३० रुपैयाँ कायम गरिएको छ


ताजा माछातर्फ रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा २६० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।