काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ ।मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको जनाएको छ ।
त्यस्तै, उत्पादन वृद्धि, लगानी प्रवर्द्धन, युवा स्वरोजगार, डिजिटल सेवा विस्तार तथा स्थानीय तहसँग समन्वय गरेर विकास कार्यक्रम अघि बढाउने लक्ष्य पनि सरकारले लिएको छ ।
प्रदेश सरकारले आगामी वर्ष आर्थिक तथा सामाजिक विकासलाई गति दिने उद्देश्यसहित यथार्थपरक नीति तथा कार्यक्रम ल्याइएको दाबी गरेको छ ।
यता, विपक्षी दलका नेताहरूले प्रदेशको आर्थिक संकट, बेरोजगारी, कृषि उत्पादन, उद्योग सञ्चालन, स्वास्थ्य सेवा र शिक्षा क्षेत्र सुधारका लागि ठोस तथा परिणाममुखी कार्यक्रम आवश्यक रहेको बताएका छन् ।
उनीहरूले नीति तथा कार्यक्रममा नयाँ सोच, स्पष्ट कार्ययोजना तथा प्रभावकारी कार्यान्वयनको आधार कमजोर रहेको टिप्पणी गरेका छन् ।
प्रदेश सरकारले भने उपलब्ध स्रोत, साधन र प्रदेशको आवश्यकतालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको जनाएको छ ।
पूर्णपाठ






