काठमाडौं । चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। शुक्रबार साँझ बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै सडक बन्द गरेका हुन्।

दुर्घटनाका बेला मोटरसाइकलमा मृतक संगै उनका तीन सन्तान पनि सवार थिए। उनीहरुको अस्पतालमा उपचार हुदै छ। चन्द्रपुर नगरपालिका–६ मा पर्ने मोथियाही पुलनजिक गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो ।












