काठमाडौँ। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घटेको हो।

नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला पाँच हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँ कायम भएको छ।

ADVERTISEMENT