साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । तीन कारोबार दिनपछि बुधबार बढेको नेप्से परिसूचक एक दिन पनि टिकेन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम थाेरै बढेको छ । बिहीबार ३४८ स्ट्रिप्सका ८९ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८९ करोड बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियाे ।

ADVERTISEMENT

सबैभन्दा बढी आँखुखोला जलविद्युतको १७ करोड ७२ लाख, रिडी पावरको १५ करोड, बुंगल हाइड्रोको १३ करोड ५९ लाख, एनआरएन इन्फ्रास्टक्चरको १३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज प्रभु बैंक डिभेन्चरको ६.६२ प्रतिशत सेयर मूल्य बढेको छ । बुंगल हाइड्रोको पनि ६ प्रतिशत नै बढेको छ ।