काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.४० अंकले घटेर २९१५.७३ विन्दुमा कायम छ ।

लगातार तेस्रो दिन सेयर बजारमा नेप्सेसहित कारोबार रकम पनि घटेको छ । आज १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ५२ कम्पनीको भने बढेको छ । ३१८ कम्पनीको कारोबार भएको दिन तीन करोड ६८ लाख कित्ता सेयर किनबेच भएको छ । जसमा १५ अर्ब ९८ करोडको कारोबार भएको छ । बुधबार साढे १६ अर्बको कारोबार भएको थियो ।

बिहीबार पाँचवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेनट बैंक, ग्रिन डेभलपमेन्ट र सप्तकोसी डेभलपमेन्ट बैंक छन् ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सले एक अर्ब ३३ करोड, नेपाल रिइन्स्योरेन्सले ७५ करोड, हिमालयन डिस्टिलरीले ६९ करोड, शिवम् सिमेन्टको ६७ करोड र लुम्बिनी विकास बैंकको ४१ करोडको कारोबार गरेका छन् ।