काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.७७ अंक बढेर २७३१.९४ विन्दुमा पुगेको छ।

पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो।नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ।

ADVERTISEMENT

बिहीबार तीन अर्ब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज ३३८ स्टकको ४३ हजार ६७४ पटकको कारोबारमा तीन अर्ब नौ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको ७९ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज सबैभन्दा बढी युनियन हाइड्रोपावर कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। अपी पावर कम्पनीको करिब साढे ११ करोड, रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।

ADVERTISEMENT

नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। मोदी इनर्जीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी स्टकहरको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ।

१३ उपसमूहमध्ये यस दिन सात उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।