काठमाडौैं । नेपाली कांग्रेससहित विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको श्रम संस्कृति पार्टीबाहेकका विपक्षी दलहरुको बैठकले सरकारले सिफारिस गरेका दुई अध्यादेश संसद छल्ने उद्देश्यले ल्याइएको भन्दै स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेको हो ।

ADVERTISEMENT

बैठकपछि जारी संयुक्त पे्रस विज्ञप्तिमा अध्यादेश संसद् छल्ने उद्देश्यका साथ स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय भएको उल्लेख छ । राष्ट्रपति कार्यालय पुगेपछि मात्र सरकारले सहकारी र संवैधानिक निकायमा नियुक्ति सम्बन्धी दुई अध्यादेश ल्याएको खुलासा भएको थियो ।

सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।सरकारले बुधबार थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यससँगै दुई दिनमा पाँचवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।

ADVERTISEMENT

स्रोतका अनुसार विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको छ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।