काठमाडौं । प्रभु बैंकले हस्पिटल एन्ड रिहाविलेसन सेन्टर फर डिसाबेल चिल्ड्रेन (एचआरडिसी) लाई साढे सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रको बनेपा नगरपालिका–११ जनागालस्थित एचआरडिसीलाई सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । एक कार्यक्रमबीच प्रभु बैंकका मार्केटिङ म्यानेजर सबिनशमशेर राणाले एचआरडिसीका प्रमुख प्रशासन अधिकृत प्रकाशकुमार यादवलाई चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनस्र्थापनासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न एचआरडिसीलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रभु बैंकका नेपालभर ३०० शाखा कार्यालय, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकवर्गहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेकोे छ ।






