काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको सोही अवधिको तुलनामा केही घटेको हो ।

गत आर्थिक वर्षको चैतसम्म बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष भने ब्याज आम्दानीमा आएको गिरावटले नाफामा असर परेको देखिएको छ ।बैंकको ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

ADVERTISEMENT

हाल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँमा झरेको छ ।बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपातमा सुधार देखिएको छ । खराब कर्जा (एनपीएल) घटेर ०.६९ प्रतिशतमा झरेको छ ।बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १५.४० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT