काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ता लिडरहरुका लागि क्षमता बृद्धि तालिम सम्पन्न भएको छ । चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गते गरी तीन दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्ज्लन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रसाईले व्यावसायिक जीवनमा सफल अभिकर्ताहरुलाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
‘मनोरञ्जनले जीवनका लागि ऊर्जाका रुपमा काम गर्छन्, त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ज्ञान र मनोरञ्जनलाई सँगसँगै लाँदै आएको छ,’ उनले भने ।
कम्पनीमा आवद्ध एक सय पचासजनाभन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाको बीमा बिक्री कला र व्यावसायिक क्षमता अभिबृद्धि सेसन रहेको थियो । व्यावहारिक बिक्री कला सेसनले कार्यक्रमलाई थप ऊर्जा तथा हौसला प्रदान गरेको थियो ।
प्रसिद्ध कलाकारत्रय चक्र दवाडी, सुबोध गौतम र सीता न्यौपानेको प्रस्तुति थियो । कलाकारत्रयले अभिकर्ता लिडरहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।








