काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कार्यक्रम रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म तीन दिन चलेको थियो ।
कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । प्रसाईज्यूले उत्कृष्ट कार्यले नै सम्मानका लागि मार्ग तयार हुने बताए । ‘तपाईहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधै साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ,’ उनले भने ।
एमडिआरटी जस्तो अन्तर्राष्ट्रिय फोरममा छनोट हुनु आफैमा गौरवको कुरा भन्दै उनले अभिकर्ताहरुलाई बधाई दिँदै निरन्तर सफलताको शुभकामना व्यक्त गरे । सफलताको यो माहोललाई कम्पनीले उत्सवको रुपमा लिएको उनले बताए ।
योग्यहरुको योग्यताको पहिचान आफूले गर्ने कामले प्रस्तुत हुने प्रसाईको भनाइ थियो । ‘यो समय भनेको निरन्तर कार्य गरेर प्राप्त सफलतालाई सेलिब्रेसन गर्ने समय हो । सफलताको अनुभव र प्राप्त मान सम्मानले थप सफलताको लागि ऊर्जा प्राप्त हुनेछ, यो ऊर्जाको आगामी वर्षहरुमा परिणाम आउने छ,’ उनले भने ।
कार्यक्रमका सहभागीलाई नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोनबहादुर मगरले स्वागत गरेका थिए । ‘अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा छनोट हुनु अभिकर्ता पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण हो । त्यसैले अभिकर्ता पेसा छनोट गर्नुभएको यहाँहरुको निरन्तर लगनको परिणामले प्राप्त सफलतालाई कम्पनीले उच्च सम्मान प्रकट गर्दछ,’ मगरले भने ।
अन्तर्राष्ट्रिय ट्रेनर अमित शर्माले व्यावसायिक बिक्री कलाको क्षमता अभिबृद्धिसम्बन्धी तालिम प्रदान गरेकी थिइन् । चर्चित कलाकार सन्दीप क्षत्रीले प्रस्तुति देखाएका थिए ।








