काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन् ।
शनिबार एक कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रसाईलाई इन्स्योरेन्स अवार्डबाट सम्मानित गरेका हुन् ।
बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले गरेको योगदानको कदरस्वरुप यो सम्मान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
कोशी प्रदेशमा जन्मिइ प्रदेशको नाम उच्च राख्न सफल देश विदेशमा रही विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा कोशी एक्सिलेन्स अवार्डबाट सम्मान प्रदान गरिँदै आएको छ ।







