काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ ।
आज ३४४ स्ट्रिपको दुई करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५३ करोड बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ५८ करोड बराबरको कारोबार भएको छ । नेसन हाइड्रोपावरको ५७ करोड, रिलायन्स स्पिनिङ्स मिल्सको ४९ करोड, सोलु हाइड्रोको ४१ करोड र रिडी हाइड्रोको ३७ करोडभन्दा बढीको कारोबार भएको छ ।

ADVERTISEMENT

बुधबार सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिजलाइन, सूर्यकुण्ड हाइड्रो, होटेल फरेस्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट, सुपरखुदी हाइड्रो र शिखर पावर डेभलपमेन्ट कम्पनी छन् ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.१६ प्रतिशत बढेको छ । जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । बैंकिङ, विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

ADVERTISEMENT