काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा पुगेको छ।
लगातार २५६.८९ अंकले बढेपछि आइतबार नेप्सेमा १८.४५ अंकको करेक्सन देखिएको थियो । आज ९४ कम्पनीको सेयर मूल्य बढेको र १५६ कम्पनीको सेयर मूल्य घटेको छ।
चार करोड ४१ लाख सेयर किनबेच हुँदा बजारमा १९ अर्ब ३६ करोड आठ लाख रुपैयाँको कारोबार भएको छ।
सेयर बजार घटे पनि समता घरेलु लघुवित्त, सान्भी इनर्जी र ट्रेड टावरको सेयरमा सर्किट लागेको छ । सोमबार शिवम् सिमेन्ट, ंहिमालय डिस्टिलरी, नाङ्दी ग्रुप, लुम्बिनी विकास बैंकले धेरै कारोबार गरेका छन् ।





