सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ मा शनिबार चार युवकबीच भएको सामान्य विवादले उग्र रूप लिँदा चक्कु प्रहारको घटना भएको छ। विवाद कुटपिटमा परिणत भएपछि एक युवकले चक्कु प्रहार गर्दा दुईजना घाइते भएका छन्।

प्रहरीका अनुसार २२ वर्षीय विराज भण्डारीले १४ वर्षीय अर्जुन रोकाया र १६ वर्षीय लेलिन थापामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट अर्जुन रोकायाको दायाँ अण्डकोषको भागमा चोट लागेको छ भने लेलिन थापाको छातीमा चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार घाइते दुवैलाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत, कालागाउँ रिफर गरिएको छ।

ADVERTISEMENT

घटनामा संलग्न २२ वर्षीय गजेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मुख्य आरोपी विराज भण्डारी फरार रहेका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

ADVERTISEMENT

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।