काठमाडौं । प्रतिनिधिसभा मा जारी उपसभामुख पदको निर्वाचनअन्तर्गत पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सरस्वती लामा पराजित भएकी छन्।उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा मतदानबाट निर्णय गरिएको थियो।
मतदानमा लामाको पक्षमा अर्थात् ‘हुन्छ’ भन्ने मत जम्मा ५ मात्र परेको छ भने विपक्षमा २१५ मत खसेको छ। त्यस्तै ३७ सांसद तटस्थ बसेका छन्।
आजको बैठकमा कुल २५७ जना सांसद उपस्थित रहेका थिए।पहिलो चरणको मतदानबाट लामा निर्वाचित हुन नसकेपछि उपसभामुख चयनका लागि दोस्रो चरणको प्रक्रिया अघि बढ्नेछ।








