काठमाडौँ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमा विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको सञ्चार मन्त्रालयले जनाएको छ ।

मन्त्री तिमिल्सिनाले नेपालको सामाजिक– आर्थिक विकासका निम्ति विश्व बैंकले निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट तीव्र गतिमा कार्यान्वयन गरिने बताए ।

ADVERTISEMENT

नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै उहाँले विगतभन्दा फरक ढंगले काम गर्दै आयोजनाका समस्या समाधानतर्फ सरकार केन्द्रित रहेको सुनाए । साथै, विश्व बैंकसँगको सहकार्यमा कार्यान्वयनमा गएका आयोजनाको प्रगति पनि शीघ्र देखिने बताए।

ADVERTISEMENT

 

ADVERTISEMENT