काठमाडौँ । मुलुकभर ७८ प्रतिशत धान रोपाइ सकिएको छ । कृषि तथा पशुुपंक्षी विकास मन्त्रालयका अनुसार आइतबार सम्म मुलुकभर ७८.८४ प्रतिशत अर्थात १० लाख ८७ हजार १४८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको हो ।

गत वर्ष सो अवधिमा ९२.६ प्रतिशत रोपाइ सकिएको थियो । यो वर्ष समयमा वर्षा नभएको कारणले गर्दा कम रोपाइ भएको हो । मन्त्रालयका अनुसार साउन दोस्रो साता लाग्दा सवै भन्दा कम मधेश प्रदेशमा ५१.८२ प्रतिशत रोपाइ सकिएको छ ।
यस प्रदेशमा एक लाख ९३ हजार ११६ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । मधेश प्रदेशमा सुुक्खा र खडेरीका कारणले गर्दा कम रोपाइ भएको हो । सरकारले मधेश प्रदेशलाई विपत संकटगस्त क्षेत्र समेत घोषणा गरिसकेको छ ।
कोशी प्रदेशमा ८०.३९ प्रतिशत दुुई लाख २२ हजार १९२ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ । बागमति प्रदेशमा ८७.१९ प्रतिशत अर्थात एक लाख १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ ।
यस्तै गण्डकी प्रदेशमा ८४.५३ प्रतिशत अर्थात ७९ हजार ६१३ हेक्टर क्षेत्रफलमा रोपाइ सम्पन्न भएको छ । लुुम्बिनी प्रदेशमा ९२ प्रतिशत अर्थात दुुई लाख ७८ हजार ८२८ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ ।
कर्णाली प्रदेशममा ९१.३८ प्रतिशत अर्थात ३७ हजार ५०५ हेक्टर क्षेत्रफलमा रोपाइ भएको मन्त्रालयले जनाएको छ । सवै भन्दा धेरै सुदुरपश्चिममा ९८.९४ प्रतिशत अर्थात एक लाख ७४ हजार २८६ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको मन्त्रालयले जनाएको छ । यो वर्ष मुलुकभर १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने अनुुमान गरिएको छ ।