काठमाडौं । यो वर्ष साउन लाग्दा समेत मुलुकभर ७२.१४ प्रतिशत धान रोपाइ भएको छ ।

कृषि तथा पशुुपंक्षी विकास मन्त्रालयका अनुसार साउन ४  सम्म मुुलुकभर ९ लाख ९८ हजार २२८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको हो । गत वर्ष सो अवधिमा ८४.६ प्रतिशत धान रोपाइ भएको थियो ।

यो वर्ष गत आवको तुुलनामा कम धान रोपाइ भएको तथ्याङ्कले देखाएको छ । साउनको पहिलो साता लाग्दा पनि सवै भन्दा कम मधेश प्रदेशमा ४६.८३ प्रतिशत एक लाख ७४ हजार ५०८ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । मधेश प्रदेशमा पानी नपरेकोले पनि धान रोपाइ कमी भएको हो ।

ADVERTISEMENT

अन्डभन्डार मानिने तराईमा रोपाई कम हुुँदा यो वर्ष धानको उत्पादन घट्ने अनुुमान गरिएको छ । धाबाली विज्ञ डा.उज्वलकुुमार कुुसवाले तराईमा धान रोपाइ कम हुुँदा उत्पादनमा कमी आउने जानकारी दिनुुभयो ।

ADVERTISEMENT

तराईमा साउन पहिलो हप्ता सम्म धान रोप्दा उत्पादन हुुन्छ, यो वर्ष पानी नपरेकोले ६० देखि ७० प्रतिशत भन्दा बढी धान रोपाइ हुने नदेखिएकाले पनि उत्पादन घट्ने देखिएको उहाँले जानकारी दिनुुभयो ।

जति ढिलो रोपाइ भयो त्यति धानको उत्पादन घट्ने भएकाले पनि कम समय १२० दिनमा पाक्ने हर्दिनाथ १, हर्दिनाथ ३ धानका जात लगाउन उपयुुक्त हुने उहाँको भनाई छ ।

यस्तै कोशी प्रदेशमा ६१.७९ अर्थात एक लाख ७० हजार ७९० हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । बागमति प्रदेशमा ८७.१९ प्रतिशत एक लाख २० हजार ५४५ हेक्टरमा धान रोपाइ भएको छ ।

यस्तै गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ । लुुम्बिनी र कर्णाली प्रदेशमा ८७.९३ प्रतिशत अर्थात तीन लाख २ हजार ९३९ हेक्टरमा धान रोपाइ सकिएको छ । सवै भन्दा धेरै सुुदुरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा धान रोपाइ भएकोछ ।

मुलुकभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइ हुने अनुुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइ भएको थियो । गत आवमा ५९ लाख ५० हजार मेट्रिक टन उत्पादन भएको थियो ।