काठमाडौँ । प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल नेपालको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकले उनलाई सर्वसम्मत रूपमा सभामुख पदमा चयन गरेको हो।

बैठकमा रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सांसदहरू सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए।

सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदका लागि एक मात्र प्रस्ताव प्राप्त भएकाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

ADVERTISEMENT

नवनिर्वाचित सभामुख अर्याल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षका रूपमा कार्यरत थिए।

ADVERTISEMENT