काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना दिएका छन् । जयशंकरले शुक्रबार दिउँसो सामाजिक सञ्जाल एक्समार्फत नेपालको परराष्ट्रमन्त्रीको रूपमा कार्यभार सम्हालेकामा खनालई बधाई तथा शुभकामना दिएका हुन् ।

उनले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई अझ सुदृढ बनाउन नजिकबाट सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । ‘हाम्रो परम्परागत साझेदारीलाई थप सुदृढ बनाउन उहाँसँग मिलेर काम गर्न तत्पर छु,’ उनले भनेका छन् ।

ADVERTISEMENT

जयशंकरले आफ्नो सन्देशमा नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक र घनिष्ठ साझेदारीका रूपमा उल्लेख गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् । बालेन नेतृत्वको नयाँ सरकारमा परराष्ट्रमन्त्री बनेका खनालले शुक्रबारै शपथ लिएका छन् ।