काठमाडौं । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाण्डू गोर्खाज नयाँ लोगो र नामसहित सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाण्डू गोर्खाजले आउँदो नेपाल प्रिमियर लिग नयाँ ढंगमा प्रस्तुत हुने जनाएको छ ।

जसअनुसार काठमाण्डू गोर्खाजको नाम परिवर्तन गरेर काठमाडौं गोर्खाज राखिएको छ । लोगोसमेत परिवर्तन भएको छ । क्लबले सामाजिक सञ्जालहरु पनि परिवर्तन भएका े जनाएको छ ।

ADVERTISEMENT

नेपाल प्रिमियर लिगमा सवै प्रदेशमा एक एक टोली भए पनि बागमती प्रदेशमा दुईवटा फ्रेन्चाइज छन् । काठमाडौं गोर्खाजले काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट गरी चार जिल्लालाई समन्वय गरेर अगाडि बढेको जनाएको छ ।

ADVERTISEMENT

‘आन्तरिक रुपमा हामीले केहि पार्टनरहरुसँग सहमति गरिसकेका छौं। त्यस मध्ये हामी केहिलाई आज यहाँ लिएर आएका छौं। सर्व प्रथम हाम्रो हस्पिटालिटी पार्टनरको रुपमा रोयल टुलिप काठमाडौँ रहेको छ। ललितपुरको ग्वार्कोमा नयाँ पाँच तारे होटलको रुपमा खुलेको रोयल टुलिप काठमाडौं, हस्पिटालिटी पार्टनरको रुपमा काठमान्डु गुर्खाजसँग जोडिएको हो। एनपीएल–२ को दौरान काठमान्डु गोर्खाज रोयल टुलिप काठमाडौंमै बस्ने छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं गोर्खाजले वल्ड लिंकसँग प्रमुख प्रायोजक रुपमा सम्झौता गरिसकेको छ। सम्झौताअनुसार काठमाडौं गोर्खाज अब टोली अगाडिको जर्सीमा वल्ड लिंकको लोगो राखेर एनपिएलमा खेल्ने छ।

ADVERTISEMENT

मोन्टी देसाईलाई काठमाडौं गोर्खाजले आफ्नो मुख्य प्रशिक्षकमा नियुक्ति गरिसकेको छ। काठमाडौं गोर्खाजले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरिसकेको छ।