काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
प्रसाईको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि भन्ने ब्यहोरा उल्लेख छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
प्रसाई १३ फागुनमा मात्र रिहा भएका थिए । उनलाई गैर कानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
आफ्ना माग पूरा नभएको भन्दै प्रसाई समूहले निर्वाचन बिथोल्न अनिश्चितकालीन बन्दको तयारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।






