काठमाडौं। काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल ले घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।
आज कालोपुल, नक्साललगायत क्षेत्रका बासिन्दासँग भेटघाट गर्दै उनले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। घरदैलोका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनले क्षेत्रका समस्या, सुझाव र अपेक्षा सुने।

पौडेलले सुशासन, आर्थिक विकास, शिक्षा र स्वास्थ्य सेवाको सुधार, सार्वजनिक पूर्वाधारको व्यवस्थापन तथा युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए। उनले काठमाडौं–५ लाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ता को पनि सहभागिता रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा यस क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।







