काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते (आइतबार) जापान भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल माघ १८ गते जापानतर्फ प्रस्थान गर्ने जानकारी दिए। उनका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति जापान जान लागेका हुन्।

सरकारका प्रवक्ता अर्यालले भने, “नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा २०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ।”