काठमाडौं। भारतीय सेनाको हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठाइएको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सोमबारको प्रतिनिधिसभा बैठकमा उक्त विषय उठाउँदै सरकारसँग जवाफ माग गरेका हुन्।

दुलालले भारतीय सेनाको हेलिकोप्टर दार्चुला क्षेत्रको नेपाली भूभागमाथि उडेको र त्यसमा भारतीय सेनाका उच्चपदस्थ अधिकारी सवार रहेको जानकारी प्राप्त भएको उल्लेख गरे। उनले नेपालको सार्वभौमसत्ता र हवाई क्षेत्रसँग सम्बन्धित संवेदनशील विषय भएकाले सरकारले यथार्थ सार्वजनिक गर्नुपर्ने माग गरे।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त हेलिकोप्टरले आवश्यक अनुमति लिएर उडान गरेको हो वा होइन भन्ने विषय स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए। साथै, यदि बिनाअनुमति नेपाली आकाश प्रयोग गरिएको हो भने त्यसबारे सरकारले के कदम चाल्ने हो भन्ने प्रश्न पनि उठाए।

ADVERTISEMENT

दुलालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै संसद्लाई यथार्थ जानकारी गराउन आग्रह गरेका छन्।

ADVERTISEMENT

 

ADVERTISEMENT