काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी आधिकारिकताको निर्णयका सम्बन्धमा निर्वाचन आयोगले दुई तीन दिनभित्रै टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार दिउँसो निर्वाचन आयोग पुगेर विशेष महाधिवेशनले गरेका निर्णयबारे जानकारीसहित दस्तावेज बुझाएर फर्किएपछि सभापति थापाले कानुनअनुसार आफ्नो नेतृत्वको कांग्रेसले आधिकारिकता पाउने विश्वास व्यक्त गरे ।

ADVERTISEMENT

‘हामीले विशेष महाधिवेशनले गरेका निर्णय र प्रक्रियाबारे सबै लिखत जानकारी आयोगलाई बुझाएका छौं । यसअघि कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्न भनेर पार्टी निर्णयसमेत बुझाएका छौं । आयोगले सम्भवतः एक दुई दिनमै आधिकारिकताबारे एउटा निर्णयमा पुग्छ,’ उनले भने ।

थापाले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने कारण र जारी रहेकै बेला आफूहरूले आयोगलाई निवेदन दिइसकेको र अहिले नयाँ कार्यसमिति अद्यावधिक गर्न आफूहरू आएको जानकारी दिए ।

ADVERTISEMENT