काठमाडौंं । नेपाली राजनीतिक सत्ता रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक आन्दोलनका नायक, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको आज स्मृति दिवस रहेको छ । पूर्वप्रधानमन्त्री कोइरालालाई स्मरण गर्दै कांग्रेसले आज देशैभरि उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न कार्यक्रम आयोजना गर्दै छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।