काठमाडौं । कामना सेवा विकास बैंकले राप्ती नगरपालिका–१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय खुरखुरेमार्फत विद्यालयलाई न्यानो कपडा वितरण गरेको हो ।
बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द भण्डारीले भविष्य निर्माण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका ७० जना विकट क्षेत्रका विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका बालबालिकाहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेका हुन् । भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाहरुको स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष अर्जुन प्रजाले बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोगको उच्च मूल्यांकन गर्दै कामना सेवा विकास बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुका साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर प्रजा, प्रमुख अतिथि राप्ती नगरपालिका–१२ का वडाध्यक्ष अर्जुन प्रजा, बैंकका कर्मचारीहरु तथा राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता थियो ।






