काठमाडौँ। २०२६ को पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक १२.८३ अंकले घटेर २,६२०.९२ बिन्दुमा रोकिएको छ। यो ०.४८ प्रतिशतको गिरावट हो। बिहीबारको यो कारोबार साताको अन्तिम दिन भएको थियो।

बिहीबार नेप्सेमा  १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच मार्फत ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम बुधबारको कारोबार र बजार दुवैभन्दा कम हो ।

ADVERTISEMENT

आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १८९ कम्पनीको मूल्य घटेको छ भने  ८ कम्पनीको मूल्य स्थिर रह्यो। १३ उपसमूहमध्ये ‘अन्य’ उपसमूह बाहेक सबै उपसमूहको  स्टकहरुको मूल्य  ओरालो लागेका छन्। आज व्यापार उपसमूह १.०९ प्रतिशतले घटेर सबैभन्दा धेरै गुमाउने उपसमूहमा परेको  छ।

ADVERTISEMENT

मूल्य वृद्धि हुने कम्पनीहरू:

  •  विन नेपाल लघुवित्त वित्तीय संस्था 
  • हिम स्टार ऊर्जा कम्पनी
  • एसवाई प्यानल नेपाल लिमिटेड
  •  बुङ्गल हाइड्रो लिमिटेड
  • कालिका पावर कम्पनी

सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरू

ADVERTISEMENT
  •  ग्लोबल आईएमई समुन्नत योजना
  • सयपत्री हाइड्रो
  • बोटलर्स नेपाल
  • लक्ष्मी लघुवित्त वित्तीय संस्था

आज एसवाई प्यानल नेपाल लिमिटेड सर्वाधिक कारोबार हुने स्टकको  रूपमा रहेको छ।