काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित रुपन्देही जिल्ला अदालत उपस्थित भएका छन् । बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएसँगै नख्खु कारागारमा रहेका लामिछाने आवश्यक प्रक्रिया मिलाउन पुगेका हुन् ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले दिएको आदेशअनुसार धरौटीमा छाड्ने कागजातमा हस्ताक्षर गराइनेछ । साथै, उनले दुई करोड ७४ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने छ ।जिल्ला अदालतमा कागज गरेपछि रवि आजै रिहा हुनेछन् ।

ADVERTISEMENT