काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगल लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।
उक्त वितरण योग्य मुनाफा नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।







