काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

ADVERTISEMENT

कम्पनीको हाल कायम चुक्तापुँजी ५ अर्ब को करसहित २० प्रतिशत नगद लाभांश दिने एक सूचनामार्फत् जानकारी दिएको छ ।

साथै, उक्त लाभांश बीमा प्राधिकरण र कम्पनीको आगामी साधारणसभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गर्नेछ ।

ADVERTISEMENT