काठमाडौं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको नामा रहेको ५० हजार कित्ता, नश श्रेष्ठको नामा रहेको २५ हजार कित्ता र जिज्ञाशा अर्यालको नामा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
उक्त सेयरको बिक्री मुल्य प्रतिकित्ता ३०१ रुपैयाँ तोकिएको छ । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनी सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।







