काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्कर को उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी छिन । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरि भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।


उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध फिल्डिङ गर्दैछ । मैदानमा काठमाडौं गार्खाजका कप्तान करण केसीले टस जितेर जनकपुरका कप्तान अनिल साहलाई पहिला ब्याटिङको निम्तो दिँदै फिल्डिङ गर्ने निर्णय गरेका हुन् । मंसिर १ देखि २७ सम्म आयोजना हुने छ ।











