काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा पनि ओरालोतिर नै लागेको छ।

आइतबार ३०.०२ अंकले घटेर बजार २५६६.०९ बिन्दुमा झरेको थियो । सोमबार ५.७९ अंकले घटेर २५६०.३० बिन्दुमा आइपुगेको छ।

ADVERTISEMENT

गएको साता आइतबार सेयर बजार ३०.७५ अंकले वृद्धि भएको थियो। सोमबार ८.२३ अंकले घटेको बजार मंगलबार पनि २७.६५ अंकले ओरालो लागेको थियो। बुधबार १२.१७ अंकले बढेको बजार बिहीबार ११.२९ अंकले घटेको थियो।

सोमबार १५१ कम्पनीको सेयर मूल्य घटेको र ९१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । ८६ लाख ४७ हजार सेयर खरिदबिक्री हुँदा बजारमा चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

ADVERTISEMENT

आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर कम्पनीको ४८ करोडको सेयर कारोबार भएको छ । यस्तै, युनियन हाइड्रोपावरको २५ करोड, एसबीएल डेभेन्चरको २४ करोड, राधी विद्युत कम्पनीको १७ करोड र शिवम् कम्पनीको १५ करोड बराबरको कारोबार भएको छ ।

सोमबार दारम खोला, सागर डिस्टिलरी, बुंगल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटलको सेयर मूल्य नौ प्रतिशतले भन्दा बढी बढेको छ ।