काठमाडौं । एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि छनोट भएको टोलीले प्रशिक्षण र तयारी सुरू गरेको छ ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरू भएको हो ।

ADVERTISEMENT

हालै मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका हरि खड्काले मलेसियासँगको एसियन कप छनोट र बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेका थिए । उनले एकजना नयाँ खेलाडीलाई अवसर दिँदा अधिकांश पुरानै अनुहार निरन्तरता दिएका छन् ।

ADVERTISEMENT

नोभेम्बर १३ तारिखमा नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ। पछिल्लो समय नेपाली पुरुष टिमको खेल खस्किँदै गएको छ ।

ADVERTISEMENT