काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि आइतबार किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन् ।

टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा ६ जनाले पुनरागमन गरेका छन् । आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् ।

ADVERTISEMENT

एशियन कप छनोटमा नेपालले असोज २३ र २८ गते भियतनामसँग खेल्नेछ । नेपालले होम म्याच त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नुपर्ने हो । तर दशरथ रगशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ । फिफा वरीयतामा नेपाल १७६औं र भियतनाम ११४औं स्थानमा छ ।

ADVERTISEMENT

नेपाली टोलीमा अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, किरणकुमार लिम्बु, कृतिशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ छन् ।