काठमाडौं । नेपाली कांग्रेस र माओवादीको बैठक सँगसँगै सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजेदेखि पार्टी कार्यालय सानेपामा बसेको छ ।

गत शुक्रबार र आइतबार सूचना टाँसेर स्थगित गरिएको बैठक आज फेरि बसेको हो । आजको बैठकमा महामन्त्री गगन थापाले १५औं महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । महामन्त्री थापाको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट महाधिवेशनको कार्यतालिका पेस गर्ने बताइएको छ ।

यस्तै, माओवादी महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ । एकीकृत समाजवादीसहित नौ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

माओवादी बैठकमा नेता जनार्दन शर्मालगायतले बहिष्कार गरेका छन् ।