काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय चार दिन थप गरेको छ।

महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार अब भदौ १६ देखि १९ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिनेछ।

महामन्त्री पौडेलले यो समय अन्तिम पटक थप गरिएको बताए। अद्यावधिक गर्न छुटेका सदस्यलाई महाधिवेशनमा सहभागी हुने अवसर दिन समय थप गरिएको उनको भनाइ छ।

ADVERTISEMENT

पार्टीको आन्तरिक एकता मजबुत बनाउन लचकता अपनाउँदै समय थप गरिएको पौडेलले बताए। यद्यपि, १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन भने भदौ २४ गते नै हुने उनले स्पष्ट पारे।

ADVERTISEMENT

थपिएको अवधिमा पनि सदस्यता अद्यावधिक नगर्ने तथा एनसीआईडी नलिएका सदस्य महाधिवेशनमा सहभागी हुन नपाउने उनले बताए।

ADVERTISEMENT

केन्द्रदेखि जिल्लासम्म पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका केही नेताले समेत क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी रहेको पौडेलले जानकारी दिए।