काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा आइपुगेको छ ।
आज धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका ३१९ कम्पनीको दुई करोड ६०लाख कित्ता सेयर किनबेच हुँदा सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन बैंक, राधी विद्युत कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनीको सयर मूल्य ३४ करोड १० लाख रुपैयाँदेखि एक अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
बिहीबार दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । गुराँश लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
सुपर मादी हाइड्रो पावर,गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.४६ प्रतिशतले बढेको छ । बढेको बजारमा एनआईबीएल स्टेबल फण्ड, सानिमा ग्रोथ फण्ड, आशा लघुवित्त वित्तीय संस्थाको ४.७९ प्रतिशतले सेयर मूल्य घटेको छ।
देशमा विस्तारै चुनावको माहोला बन्दै गएको छ । चुनावको समयको नेपालको सेयर बजारको इतिहास मिश्रित प्रकृतिको पाइन्छ । चुनावको समयमा अर्थतन्त्र चलायमान हुने बजारमा पैसा देखिन थाल्छ, जसको असर केही सेयर बजारमा पनि देखिने विश्लेषणहरु बताउँछन् ।





