काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका हुन् । गभर्नर नियुक्तिका सन्दर्भमा अन्तिम निर्णय गर्न आज बेलुका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता तय भएको छ ।
सत्तारुढ दल कांग्रेस–एमालेबीच आपसी किचलोले राष्ट्र बैंक करिब डेढ महिनादेखि गभर्नरविहीन छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति गर्नसक्ने आकलन गरिएको थियो । तर प्रधानमन्त्री ओलीले अन्य नियुक्तिमा कांग्रेससँग सहमति नगरी गभर्नर नियुक्ति नगर्ने रणनीति लिएका छन् ।






