काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसद् पुनःस्थापनाको विपक्षमा उभिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनबारे दलहरूको राय लिन आयोजना गरेको सर्वदलीय बैठकमा रास्वपा अनुपस्थित भएको हो ।

सिंहदरबारस्थित संसद सचिवालयको सभामुख कार्यकक्षमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल भइरहेको छ ।
रास्वपाले औपाचिरक रुपमा अनुपस्थितिको कारण बताएको छैन । तर, रास्वपा संसद पुनःस्थापनाको पक्षमा नभएकाले सभामुखले आह्वान गरेको सर्वदलीय बैठकमा नगएको धेरैको अनुमान छ ।

ADVERTISEMENT

रास्वपा नेताहरुले पार्टीको सचिवालय बैठकको तयारीमा व्यस्त रहेको र सभामुख कार्यालयबाट आएको निमन्त्रणाबारेको सूचना पनि ढिलो प्राप्त भएको बताएका छन् । जेनजी आन्दोलनका बेला रास्वपाका सांसदहरुले सामूहिक राजीनामा दिएका थिए ।