काठमाडौं । सोमबार सेयर कारोबार बन्द नै रहने भएको छ। गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि सेयर बजार भने नखुल्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिए पनि नेप्सेले भने आज पनि सेयर कारोबार नखुलाउने भएको हो। अब दोस्रो बजारको कारोबार मंगलबारदेखि हुनेछ।
‘बिदा भन्ने भएपछि सबै कर्मचारी बाहिर छन् । कार्यालय खुले पनि आज बजार चाहिँ खुला हुन सकेन,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने । दसैँ बिदाका कारण नेपाल स्टक एक्सचेञ्ज परिसूचक गत सोमबारदेखि बन्द छ ।
बिदा सकिएसँगै आइतबारदेखि बजार खुला हुने भनिएको थियो । तर अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक सबदा घोषणा गरेको थियो । तर मौसम सफा भएपछि काठमाडौं लगायत जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले सोमबार कार्यालय खोल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।






