काठमाडौँ, देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहँदा वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, लुम्बिनी प्रदेशको तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ADVERTISEMENT

आज राति पनि देशभर सामान्य बदली रहने र कोशी, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ। यस्तै, कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

ADVERTISEMENT